सरकारले आज पनि बानेश्वरमा ठूलो संख्यामा प्रहरी परिचालन

१३ फाल्गुन २०७८, शुक्रबार ११:३४

सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसीसीको विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा प्रतिनिधि सभाको बैठकमा आज छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्यो नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् ।