जसपाले एमसीसीको एजेण्डामा आवश्यक छलफल गर्दै

१३ फाल्गुन २०७८, शुक्रबार १०:४५

एमसीसीसहितका एजेण्डामा आवश्यक छलफल गर्न बिहान ११ बजे केन्द्रीय कार्यालय बालकुमारीमा जसपाको बैठक बस्दै छ। आज काठमाडौंमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।

जसपा अध्यक्ष उपेन्द्र यादव एमसीसी संसदबाट पारित गर्न नहुने पक्षमा छन् भने संघीय परिषद्अध्यक्ष डा.बाबुराम भट्टलाई एमसीसी जसरी पनि पारित गर्नुपर्ने पक्षमा छन् । एमसीसीका सम्बन्धमा जनता समाजवादी पार्टीमा एकरुपता नभएको देखिन्छ ।

आन्तरिक विवादको कारणले लामो समयदेखि जसपाको बैठक बस्न सकेको छैन। जसपाको आजको बैठकले गर्ने निर्णयलाई महत्वकासाथ हेरिएको छ।