प्रचण्ड, माधव र झलनाथको निष्कर्ष अहिलेकै अवस्थामा एमसीसीको छलफल अघि नबढाउनु

१२ फाल्गुन २०७८, बिहीबार १३:२२

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसीको छलफल अघि बढाउन नहुने निष्कर्ष गरेका छन्।

आज बिहान सिंहदरबारमा भएको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा यस्तो निष्कर्ष गरेका हुन्।

एमालेले संसद् अवरोध गरिरहेकाले अहिलेकै अवस्थामा एमसीसीबारेको छलफल अघि बढाउनु उपयुक्त नहुने निष्कर्ष आएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए। यस्तो अवस्थामा संसद्को छलफल लोकतान्त्रिक नहुने उनीहरूको साझा मत छ।