एमसिसीको विरोध गर्दै राष्ट्रपति बाइडेनको पुत्ला दहन

१२ फाल्गुन २०७८, बिहीबार १२:२८

एमसिसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि प्रदर्शन गरेका छन् ।
उनीहरुले एमसिसीको विरोधमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको पुतला दहन गरेका छन् ।

एमसिसी खारेजीको माग राख्दै प्रदर्शनकारीहरूले मुख्य सडक अवरुद्ध गरेका छन् । सयौंका संख्यामा विद्यार्थीहरु पोशाकमै सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् । उनीहरूले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन् ।

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि राष्ट्रपति बाइडेनको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।