आज पनि झडप हुने आशंकामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन

१२ फाल्गुन २०७८, बिहीबार १२:०२

एमसीसीको बारेमा सदनमा बहस सुरु भइरहेको छ । सडकमा एमसीसीको विरोध प्रदर्शनहरू जारी छ ।

फागुन ८ गते प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसीको विरोध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र रणमैदान जस्तै बनेको थियो । झडपमा प्रहरीले रबरको गोली समेत चलाउन बाध्य भएको थियो ।

उक्त विरोधमा दर्जनौँ प्रहरी र आन्दोलनकारी घाइते भएका थिए । नयाँ बानेश्वर क्षेत्रमा चर्काे प्रदर्शन हुँदा हुदै पनि संस्दमा एमसीसी टेबल भएको थियो ।

आज एमसीसी टेबलबाट पारित गर्ने विषयमा नयाँ बानेश्वरमा रहेको संसद् भवनमा छलफल भइरहेको छ । आजको प्रदर्शनमा पनि झडप हुने आशंकामा नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् ।