
पछिल्लो समय रूससँग तनाव बढिरहेको युक्रेन भ्रमण नगर्न परराष्ट्र मन्त्रालयले भनेको छ।
युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।
‘त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्नुभई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरीबाट परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत गरिन्छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ। युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न भनिएको छ।
नेपाली राजदूतावास, बर्लिन
तृतीय सचिव श्री सहारा चौँलागाइँ
सम्पर्क नं. +491709808063, Email: eonberlin@mofa.gov.np
सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका निम्न पदाधिकारीलाई समेत सम्पर्क गर्न सकिनेछः
श्री शुशिल घिमिरे, कार्यवाहक राजदूत
सम्पर्क नं. +79680702815, Email: eonmoscow@mofa.gov.np
साभार : सेतोपाटी
