
लोकगायक तथा कलाकार जयनन्द लामाको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । गायक लामाको निधनले दुःखी भएको उल्लेख उनले सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
“आफ्नो उत्कृष्ट कला पस्केर नेपाली श्रोता अनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुने चर्चित गायक एवं चरित्र अभिनेता जयनन्द लामाको निधनको खबरले दुखित छु,’ प्रचण्डले भनेका छन्, ‘लोकप्रिय कलाकार लामा भौतिक रूपमा हामी माझ नरहेता पनि ‘कल्कत्ते काँईयो, चुँई चुँई चुँईकने जुत्ता, के को साँचो’ जस्ता उहाँका अनगिन्ति श्रृजनाहरू हाम्रा ओठहरूमा सदैव बसिरहनेछन् । हामी सम्झिरहनेछौं। कलाकार जयनन्द लामाप्रति भावपूर्ण श्रद्धाञ्जली ।”
