बजेट मार्फत गर्नुपर्ने कर प्रणाली सुधारका लागि सुझाव माग

१० फाल्गुन २०७८, मंगलवार १३:२८

आन्तरिक राजस्व विभागले आगामी बजेट मार्फत गर्नुपर्ने कर प्रणाली सुधारका लागि सरोकारवालहरुसँग सुझाव माग गरेको छ ।

विभागको नीति विश्लेषण शााखाले आगामी आर्थिक वर्ष २०७९/८० के आर्थिक ऐन तथा बजेट तर्जुमाको सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सरोकारवालसँग सुझाव माग गरेको हो ।

यस्तै विभागले समग्र कर प्रणाली सुधारका बिषयमा नीतिगत र कानूनी सुधारका साथै प्रक्रियागत सरलिकरण सम्बन्धीका सुझाब फागुन मसान्तभित्र पेश गर्न आग्रह गरेको छ। सुझाव विभागको नीति विश्लेषण शाखाको ईमेल ठेगानामा पठाउन आग्रह गरको छ ।