क्यानडाविरुद्ध कप्तान सन्दिपको ३ विकेट

९ फाल्गुन २०७८, सोमबार १७:४१

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज क्यानडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल शतप्रतिशत जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा चलिरहेको खेलमा क्यानडीयन टिमले नेपाली टिमलाई ८१ रनको लक्ष्य दिएको छ । नेपाली टिमका कप्तान सन्दिपले ३ विकेट लिएका छन् भने बोहोराले २, कमलले २ र कुशलले १ विकेट लिएका छन् । खेलको पहिलो इनिङ १४.६ ओभरमा समाप्त भएको छ । लक्ष्य अनुसार नेपालको जितको सम्भावन बढेको छ । यदि यस खेलमा नेपालले क्यानडाविरुद्ध जित हासिल गरेमा नेपाल ओमनसँग सेमिफाइनलमा लागी भिडने छ ।