एमसीसीको विरोध प्रदर्शनका क्रममा पञ्चा सिंह प्रहरीसँगको झडपमा घाइते

८ फाल्गुन २०७८, आईतवार १७:०७

फोटो साभार  : नेपालबहस

एमसीसीको विरोध प्रदर्शनका क्रममा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् ।

नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिकै भएको प्रदर्शनका क्रममा सत्तारुढ नेकपा माओवादी केन्द्रका कार्यकर्ता प्रहरीसँगको झडपमा घाइते भएका हुन्।

एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा सिंह घाइते भएकी हुन् । आइतबार दिउँसो प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस भएका छ । अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव संसदमा लगिएको विरोधमा सत्तारुढ दलकै कार्यकर्ता सडकमा उत्रिएका थिए ।