नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने

७ फाल्गुन २०७८, शनिबार ०७:४३

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

बैंकले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘च’ जारी गर्न लागेको हो। विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री हुने बैंकले जनाएको मछ । सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा दिन सक्नेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने सूचनामा जनाएको छ । प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ।