
नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका छन् ।
प्रधानमन्त्री देउवा चाक्सीबारीमा नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन पुगेका हुन्
उनले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् । विवाह समारोहमा आधा घण्टा जति बसेर प्रधानमन्त्री देउवा फर्किएका हुन्।
प्रधानमन्त्री देउवाले आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेका छन् । एमसीसीलगायत विषयमा छलफल गर्न बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्दै छ ।
