साना लगानीकर्ताको हितमा काम गर्ने हमालकाे भनाइ

५ फाल्गुन २०७८, बिहीबार २०:०९

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले साना लगानीकर्ताको हितमा काम गर्ने बताएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षमा नियुक्त भएपछि कुरा गर्दै हमालले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘सेयर बजार स्थायित्व हुनुपर्छ, हामी सबैले यसको अर्गानिक ग्रोथ खोजिरहेका छौं’ उनले भने ‘हामी सबैको अपेक्षा त्यही हो । त्यही अनुसार मैले काम गर्ने छु ।’