सेयरबजारमा सामान्य अंकको गिरावट

५ फाल्गुन २०७८, बिहीबार १६:०१

सेयरबजारमा आज सामान्य अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १.९४ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव शून्य दुई अंकले ओरालो लागेको हो।

आज २ सय २७ सेयर कारोबारमा सामेल भएकामा ४० लाख १७ हजार कित्तामात्रै बिक्री भएको छ। दिनभरिमा ३४ हजार ३ सय ४६ पटकको खरिदबिक्रीपछि कारोबार रकम २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँमा झरेको छ।

व्यापार, जलविद्युत्, उत्पादन, अन्य र म्युचुअल फन्डको सूचक हरियो रहे पनि बाँकी उपसूचकहरु राताम्य छन्।

आज लगानीकर्ताहरुले ६.४७ प्रतिशतसम्म कमाएका छन्। सबैभन्दा धेरै कमाउनेमा तेह्रथुम पावर कम्पनीका लगानीकर्ता छन्। युनाइटेड आईडीआई मार्डीका लगानीकर्ताले ६.३२ प्रतिशत, सामलिङ पावरका लगानीकर्ताले ४.१३ प्रतिशत, जीवन विकास लघुवित्तका लगानीकर्ताले ३.५३ प्रतिशत र मैलुङ खोलाका लगानीकर्ताले ३.४७ प्रतिशत कमाएका छन्।

त्यस्तै आज गुमाउने लगानीकर्ताले ४.०२ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। सर्वाधिक कारोबारमा आज जीवन विकास लघुवित्तको २२ करोडको कारोबार भएको छ।