एमसीसी संसदले पास या फेल जे गरेपनि स्वीकार गर्ने : प्रधानमन्त्री देउवा

५ फाल्गुन २०७८, बिहीबार १२:०५

एमसीसीबारे संसदले नै फैसला गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने पक्षमा आफू रहेको राजधानीमा आयोजित एक कार्यक्रममा बाल्दै बताएका हुन् । तर संसदले पास या फेल जे गरेपनि स्वीकार गर्ने प्रधानमन्त्री देउवाले बताए ।

कार्यक्रममा उनले एमसीसी पास गर्ने पक्षमा रहन पार्टी पङ्तिहरुलाई निर्देशनसमेत दिएका थिए । कार्यक्रममा उनले भने, ‘एमसीसी संसदमा पास र फेल के हुन्छ थाहा छैन । यद्यपि नेपली काँग्रेस भने जसरी पनि  पास गर्ने पक्षमा रहेको छ । एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।’

एमसीसी पारित गर्ने या नगर्ने भन्नेमा सत्ता गठबन्धनमै सहमति जुट्न सकिरहेको छैन । जसका कारण सत्ता गठबन्धननै खतरामा रहेको छ ।