एमसीसी यथास्थितिमा अगाडि बढाउनु पर्नेमा गगन थापाको जोड

४ फाल्गुन २०७८, बुधबार १७:३३

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता यथास्थितिमा अगाडि बढाउनु पर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जोड दिएका छन् ।

महामन्त्री थापाले एक समय एमसीसीको विरोध गर्दै राष्ट्रवादको पक्षपोषण गरेका थिए । तर,उनी आफ्नो पार्टीको सरकार बनेसँगै अमेरिकी परियोजनाबारे सकारात्मक सन्देश फैलाउन लागि परेका छन् ।

हिजो बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् तर यसअगाडि उनले यसवारे बेग्लै धारणा राखेका थिए। महामन्त्री थापा कुनै समय संसदबाट एमसीसी जस्ताको तस्तै पारित गर्नु हुँदैन भन्दै विरोध गर्ने नेता हुन् । अहिले आएर उनको बोली फेरिएको पाइएको छ ।

परियोजना संशोधन गरेर मात्र अगाडि बढाउनु पर्ने अडान लिएका केही नेताहरुको एकाएक बोली फेरिएको छ । यस्तै आफू प्रतिपक्षमा बस्दामात्र सरकारले गरेका निर्णय गलत भएको भन्दै विरोध गर्ने प्रवृति नेपाली राजनीतिक पार्टीका नेताहरुमा हाबी छ ।