एमसीसी महत्वपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने : भीम रावल

४ फाल्गुन २०७८, बुधबार १५:४८

अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे प्रतिनिधिसभाबाटै टुङ्गो लगाउनुपर्ने नेकपा (एमाले)का नेता भीम रावलले बताएका छन् ।

नेता रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बुधबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँगग कुरा गर्दै बताएका हुन् ।

उनले एमसीसीमा उठेका विभिन्न बिषयहरुलाई सदनमा नै विस्तृत छलफल गर्नुपर्ने र यसका लागि सदन सूचारु गर्नुपर्ने धारणा राखे । उनले संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन रु भन्ने प्रश्न उठाएको बताए ।