एमसीसी संसदमा लगिए अहिलेकै अवस्थामा नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।प्रमुख सचेतक देव गुरुङले संसदीय दलको बैठकमा यस्तो निर्णय गरेको जानकारी दिए ।
“सदन सुचारु नहुँदासम्म अघि बढ्दैन । सदन सुचारु गर्न विपक्षीसँग आग्रह गर्ने निर्णय गरेका छौँ,” उनले भने, “सर्वदलीय सहमति नजुटेसम्म प्रक्रिया अघि बढ्न सक्दैन । कम्तिमा पनि सरकारमा रहेका दलहरुबीच सहमति हुनुपर्छ । सहमतिबिना गरिए गठबन्धनमा रहने र सरकारमा रहने कुरा हुँदैन । पाँच दलको सहमतिबिना सरकारको निर्णय हुन सक्दैन ।”
“यथास्थितिमा पास गर्न सकिँदैन । जबर्जस्ती गरे विपक्षमा मतदान गर्छौँ,” उनले भने, “आफ्नो ढंगले अघि बढेमा गठबन्धन तोडिन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट बाहिरिनु हो ।”