
आफुहरुले कारवाही गरेका १४ सांसदहरुलाई कारवाहीको सूचना ननिकालेको भन्दै सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा एमालेले अनुपस्थित हुने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोधलाई कायमै राख्ने सँगै एमालेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिस्कार गर्ने भएको हो ।
एमालेले आफूहरुका माग पूरा नभएसम्म कार्यव्यवस्था परामर्श समितिमा जानुको औचित्य नरहेको बताएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार आजको बैठक पनि एमालेले अवरोध गर्नेछ ।
