एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने : बाबुराम भट्टराई

४ फाल्गुन २०७८, बुधबार ०९:३२

एमसीसीको विरोध गर्ने दलहरु सरकारबाट हट्नु पर्ने जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् ।

सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले बताएका हुन् । उनले लेखेका छन् , ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न मिल्दैन । सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।

एमसीसी सम्झौताबारे सत्ता गठबन्धनबीच विमती भइरहेका बेला डाक्टर भट्टराईको यो अभिव्यक्ति आएको हो । नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी पास नगर्ने अडानमा छन् ।