एमसिसीको विरोध गर्दै हिंड्ने केही पक्राउ

४ फाल्गुन २०७८, बुधबार ०९:०९

एमसिसी प्रतिनिधिसभामा पेश हुनुहुदैन भन्दै विरोध गर्दै आज फागुन ४ बन्द आयोजनामा हिंड्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

सवा छ बजे ललितपुर महानगरपालिका –१२ स्थित राष्ट्रिय बाणिज्य बैंकअगाडि टायर बाल्न खोज्नेहरु प्रहरीले पक्राउ गरेको छ । यस्तै बिहानै कोटेश्वरमा ट्याक्सी जलाउन खोज्नेहरु पनि समातिएका छन् ।

शुरुमा टायर बाल्नेलाई नेपाल प्रहरीले तितरबितर पारेको र तीमध्ये बिप्लव नेकपाका ललितपुर महानगरपालिका ईन्चार्ज महेश बज्राचार्य (बज्र) सहित बिकेश महर्जनलाई समातेर जाउलाखेल प्रहरी परिसर लगिएको बताइन्छ ।