रुक्साना लिम्बुको अर्काे गीत सार्वजनिक

३ फाल्गुन २०७८, मंगलवार १७:०६

द भ्वास किड्सबाट सबैको लोकप्रिय बनेकी रुक्साना लिम्बु प्रमोद खरेलको “नोगेन” बोलको गीतबाट निकै चर्चामा आइकी छन् ।
प्रमोद खरेलले प्रस्तुत गरेको उक्त गीतमा वरिष्ठ संगीतकार महेश खड्काको शब्द संगीत रहेको छ ।

प्रमोद खरेलले प्रस्तुत गरेको नोगेन बोलको गतिमा प्रमोद खरेल र रुक्सानाकै आवाज सँगै अभिनय देख्न सकिन्छ । उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् ।

यस्तै रुक्साना लिम्बुको एकपछि अर्काे गीत सार्वजनिक हुने क्रममा दिपक शर्माको शब्द संगीतमा “मैले लाउने झुम्के बुलाकी” बोलको गीत सावजनिक भएको छ ।

उक्त गीतमा रुक्साना लिम्बुको एकल आवाज रहेको छ भने गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्। गीतको भिडियोमा रुक्साना र दिपक शर्मालाई प्रस्तुत गरिएको छ।