
आवेश र उत्तेजनामा निर्णय नलिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले विवेकपूर्ण निर्णय लिने बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा बताए ।
लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिइने बैठक उद्घाटन गर्दै ओलीले बताए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाइएपछि एमालेले संसदीय दलको बैठक बोलाएको थियो ।
हामी आवेश र उत्तेजनामा निर्णय लिन्नौं । तर लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिन्छौं’, बैठकमा सहभागी एक सांसदले भने ।
