संसदीय दलको बैठक कांग्रेसले बोलायो

२ फाल्गुन २०७८, सोमबार १४:४०

संसदीय दलको बैठक नेपाली कांग्रेसले बोलाएको छ । फाल्गुन ३ गते मंगलबार बिहान ९ बजे दलको बैठक संघीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

नेकपा माओवादी र नेकपा एससहित कांग्रेसले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका थिए । यसैसन्दर्भमा छलफल गर्न कांग्रेसले स‌ंसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधि सभा बैठक बुधबर बस्दैछ । बुधबारको संसद् बैठकमा एमसीसी टेबल हुने चर्चासमेत छ ।