
एमसीसी सम्झौताको खारेज गर्न भन्दै विराटनगरमा नेकपा एकीकृत समाजवादीका भातृ संगठनले विरोध प्रदर्शन गरेका छन् ।
आज फाल्गुन १ गते आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।
र्यालीसहित प्रदर्शनमा उत्रिएका नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताले एमसीसी अनुमोदन गरे राष्ट्रघात हुने भन्दै सम्झौता खारेज गर्नुपर्ने बताए ।
