
फागुन २ गते सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विविध कारणले फेरि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक विविध कारणले स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
अब अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २ फागुनको बैठक सार्न आग्रह गरेको थियो ।
एमालेको यो आग्रहमा सकारात्मक हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आग्रह गरेका थिए ।
