सभामुख जुन ढंगले चलिरहेका छन्, उनले कानुनको उलङ्गन गरेका छन् : राजन भट्टराई

२९ माघ २०७८, शनिबार १६:२२

नेकपा (एमाले)का विदेश विभाग प्रमुख राजन भट्टराई 

अब नेकपा (एमाले)ले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने भएको हो ?
हामीले एमसीसीको विषयमा गठबन्धन सरकारको साझाँ धारणालाई पर्खिरहेका छौं । हामी किन पर्खिरहेका छौं भन्ने कुरा पनि म तपाईं मार्फत भन्न चाहन्छु– यो गठबन्धन जुन बाटोबाट बनेको थियो । त्यो कानुन सम्मत थिएन् । सवोच्च अदालतले जबरजस्तरुपमा गलत निष्कर्षमा पुगेर गरेको फैसलाका आधारमा बनेको सरकार हो । यो आउने बाटो त गलत नै थियो । त्यसपछि यो सरकार आइसकेपछि राष्ट्रिय विषयमा जनताको हितमा साझाँ धारण आउछ अथवा आउदैन भनेर हामीले हेरीरहेको अवस्था हो । यो केबल नेकपा (एमाले)का विरुद्ध र केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनको लागि बनेको गठबन्धन हो ? अथवा यो सरकारसँग राष्ट्रिय मुद्दा, मुलुकलाई हेर्ने दृष्टीकोण र जनताका सरोकारसँग जोडिएका मुद्दाहरुमा एक ठाउँमा उभिने साझाँ दृष्टीकोण छ ? यो अहिले हामीले हेरिरहेका छौं । हामीले अहिलेसम्म के पाएका छौं भने– मुलुकका जल्दाबल्दा विषयहरुमा यो सरकारको कुनै चासो छैन् । यो केवल सत्ताप्राप्तीको लागि बनाइएको गठबन्धन हो भन्ने हामीलाई लागेको छ ।

तर, एमसीसीको बारेमा नेकपा (एमाले)ले आफ्नो धारणा सार्वजनिक गर्नपर्ने होइन् ?
एमसीसीको बारेमा जुन प्रकारका परस्पर विरोधी धारणाहरु आइरहेका छन् । यस्ता धारणाले के देखाइरहेको छ भने– मुद्दामा एक हुनको लागि यो गठबन्धन बनेको होइन् भन्ने पुष्टी भएको छ ।

प्रधानमन्त्रीले गठबन्धन भत्काएर भएपनि एमसीसी पास गर्छु भन्नुभएको छ, तपाईंले कसरी परस्पर विरोधी भन्नुभयो ?
त्यो त देखि हाल्यो नि । माघ १७ गतेको लागि बोलाइएको संसद एकाएक २६ गतेलाई सारियो । त्यो बिचमा प्रधानमन्त्री ज्यूले के गर्नुभयो ? उहाँले के गरिरहनुभएको छ ?

संसदमा प्रधानमन्त्रीको भन्दा पनि सभामुखको भुमिका महत्वपूर्ण हुन्छ नि होइन् ?
सभामुख कहाँबाट चलिरहेका छन् ? हामीले हिजोका दिनमा यो प्रश्न उठाउँदा काँग्रेसले सुनुवाई गरेको थिएन, अन्य दलहरुले पनि यो विषयमा भुमिका खेलेनन् । प्रधामन्त्री एक ठाउँबाट सभामुख अर्को ठाउँबाट चल्ने अनि गठबन्धनको सरकार भन्ने । कार्यपालीका एक ढंगले जाने, कार्यपालीका भित्रका नेताहरु फरकफरक धारणा व्यक्ति गर्दै हिड्ने । अनि यहिँ हो त साझाँ धारणा भनेको ?

प्रधानमन्त्री ज्यूले नेकपा (एमाले) सँग मिलेर जान चाहन्छु भन्नुभएको छ । उहाँहरुको बिचमा संवाद भइरहेको छ नि होइन् ?
एमालेसँग मिलेर जान चाहनुहुन्छ भने नेपाली काँग्रेस जस्तो पार्टीले संविधानलाई तोडेर जुन ठाउँमा उहाँहरु पुग्नुभएको छ, त्यो अवस्थाबाट आफुलाई सच्याएको देखाउन पर्यो नि । तर, उहाँ त त्यहिँ ठाउँमा हुनुहुन्छ । त्यहिँ गठबन्धनसँग हुनुहुन्छ । आफ्नै पार्टीका नेताहरुलाई बोलाएर फलानोको विरुद्धमा धेरै नबोल है फेरी भड्किला भनेर चेतावनी दिइरहनु भएको छ । अनि यसरी त कसरी मिल्न सकिन्छ ?

प्रधानमन्त्रीले गठबन्धलाई भत्काउनु भयो भने तपाईंहरु एमसीसी पास गर्न सरकारलाई सहयोग गर्न तयारी हुनुभएको हो ?
होइन्, नेकपा (एमाले)को अहिले कुनैपनि धारणा आएको छैन् । हामी पहिले सत्तासिन गठबन्धनको साझाँ धारणालाई पर्खिरहेका छौं । त्यसपछिमात्र हामीले हाम्रो पार्टीको धारणा सार्वजनिक गर्नेछौं । साझाँ होस अथवा छुट्टाछुट्टै सबै सत्तामा रहेका पार्टीको धारणा आयो भने हामीले आवस्यक पर्यो भने आफ्नो धारणा सार्वजनिक गर्नेछौं ।

तर, एमालेकै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सत्ता गठबन्धन भत्कीयो भने सरकारबाट बाहिर बसेर हामी सर्त सहित सहयोग गर्न तयार छौं भन्नुभएको छ ?
अब उहाँले के भन्नुभयो ? कुन सन्दर्भमा भन्नुभयो ? त्यो आफ्नो ठाउँमा होला । तर, हाम्रो पार्टीको आधिकारिक धारणा भनेको त्यहिँ नै हो । जुन कुरा मैले अघि भनिसके ।

महाअभियोगको प्रस्ताव ल्याएर सभामुखलाई हटाउन काँग्रेसले साथ दियो भने एमाले तयार हुन्छ ?
महाअभियोग पनि एउटा अन्तिम अस्त्र होला । तर, त्यहाँसम्म पुग्नुपर्ने स्थिति आउछ अथवा आउदैन भन्ने कुरा हो । तर, सभामुख जुन ढंगले चलिरहेका छन्, उनले कानुनको उलङ्गन गरेका छन् । त्यो पदको दुरुपयोग गरेका छन् । उनले दोहोरो भुमिका निर्वाह गरेका छन् । दोहोरो भुमिका निर्वाह गर्ने उनको काम अन्त्य हुनुपर्यो । गैरसंसादलाई संसदको कुर्सिमा राखेर संसद चलाउने उनको जुन प्रकारको दुश्प्रयास छ, त्यो पहिला अन्त्य हुनुपर्यो भन्ने हाम्रो भनाई हो ।

सरकारले जेठमा स्थानिय तहको निर्वाचन गराउने भएको छ, यसलाई नेकपा (एमाले)ले कसरी हेरेको छ ?
चुनाव हुने कुरामा हाम्रो पुरा समर्थन हुन्छ । त्यसमा हाम्रो साथ र सहयोग हुन्छ । हामी जनतामा गएर नयाँ जनमत लिएर आउँ भनिरहेका शक्ति हौं । त्यसैले सरकारले घोषणा गरेको निर्वाचनमा हाम्रो पूर्ण सहभागिता रहनेछ ।

निर्वाचनमा नेकपा (एमाले) एक्लै जान्छ अथवा गठबन्धन बनाए जान्छ ?
त्यो त्यतिबेलाको अवस्था हेरेर हुन्छ । अहिलेको अवस्थामा सबैले हामीलाई हिर्काउन खोजेका छन् । हामीले एक्लै जान्छौं भन्नुपर्ला ।

महाकालि नदिमा पुल निर्माण गर्नको लागि भारतले नेपाललाई सहयोग गर्ने सहमति भएको छ, यसलाई कसरी हेर्नुभएको छ ?
ठिक छ, नेपाल र भारतका बिचमा जनतालाई आवतजावत गर्न सहज होस भन्नको लागि दुई मुलुकको बीचको सहमतिमा बन्ने पुर्वाधारमा हामीले विरोध गर्न जरुरी छैन् । सिमा व्यवस्थित हुनुपर्छ । अन्तरष्ट्रिय मुल्यमान्यता अनुसार रेगुलेट गर्नुपर्छ । कसैलेकसैको भुमि मिचेको छ भने त्यो भुमी फिर्ता गर्नुपर्छ । नेपाल र भारतको बीचमा राम्रो सम्बन्ध कायम गरौं । इतिहासले छोडेका समस्याको समाधान गर्दै जानुपर्छ भन्ने हाम्रो भनाई हो ।

नेपालका लागि भारतिय राजदुतले महाकालि नदिमा पुल बनाउने सम्झौता गरिसकेपछि नेपाल र भारतको सम्बन्ध अब नयाँ युगमा प्रवेश गर्छ भन्नु भएको छ, यसलाई तपाईंको धारणा के छ ?
ठिक छ । उहाँहरुले गरेका सहयोगलाई हामीले सकारात्मकरुपमा लिन्छौं । तर, हाम्रा बीचमा रहेका समस्याको समाधान गर्न पनि उहाँको त्यत्तिकै पहल होस भन्ने हाम्रो भनाई हो ।

* नेपाली बहस’मा ऋषि धमलाले गरेको कुराकानीमा आधारित