काेभिडकाे असर, विदेशबाट आउने रेमिट्यान्समा गिरावट

२७ माघ २०७८, बिहीबार ०९:०३

चालु आर्थिक वर्षको मंसिर महिनामा मात्र ७९ अर्ब ८७ कोड रुपैयाँ बरावरको रेमिट्यान्स भित्रिएको छ । यो रकम मंसिर महिनाको तुलनामा ३ अर्ब २९ करोड रुपैयाँले धेरै हो ।

चालु आर्थिक वर्षको पाँच महिना अर्थात मंसिर महिनामा मात्र ७६ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कोरोनाका कारण विश्वभर नै आर्थिक गतिविधि प्रभावित भएको थियो । त्यसले वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएका कारण रेमिट्यायान आप्रबाह प्रभावित भएको थियो । तर, पछिल्लो समयमा कोरोना संगै आर्थिक क्रियाकलाप अघि वढाएको विश्व बजारमा रोजगारमा जाने नेपाली कामदारको संख्यामा समेत उच्च सुधार आएको छ ।

तर,चालु आर्थिक वर्षको अर्धवर्षिक तथ्याङक गत आर्थिक वर्षको सोही अवधिसंग तुलना गर्दा भने घटेको छ । चालु आवको पुसम्ममा कुल ४६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनमा ५.५ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको पुसमसान्तमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेर ४९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको पुसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई एक लाख ६७ हजार ५ सय १३ पुगेको छ । गत अवाको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई एक लाख ३० हजार २ सय १२ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।