मुलुकको ‘अर्थतन्त्र’ : चालू खाता र शोधनान्तर स्थिति घाटामा !

२६ माघ २०७८, बुधबार १८:१०


राष्ट्र बैंकले सार्वजनिक गरेको छ महिनाको तथ्यांकअनुसार चालू खाता ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा देखिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले
घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.० प्रतिशतले कमी आई रु.५ अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ३४ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको छ।