राजस्व चुहावटका घटना राेकिएनन्, १२ करोड बिगाेसहित चार जना विरूद्द मुद्दा दायर

२५ माघ २०७८, मंगलवार ०७:१६

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध मुद्दा दायर गरेको छ।

यस्तै, सोही उपमहानगरपालिका–५ का अनुप ताम्राकार र वडा नं ६ का निर्मलकुमार ताम्राकारविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको छ। उनीहरूमाथि बिना बिलबिजक, गैर कर बिजकबाट माल वस्तुको कारोबार गरी प्रचलित मूल्य अभिवृद्धिकर ऐन तथा आयकर ऐन विरुद्धको गतिविधि गरेको आरोप लागेको छ।

विभागले उनीहरू विरुद्ध रु १२ करोड १९ लाख ४० हजार ६४३ बराबरको बिगो दाबी गरेको छ। विभागले यही २० माघमा मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।