प्रमुख कार्यालय जाने बाटोमा युवा संघको अवरोध

२३ माघ २०७८, आईतवार १३:२६


विराटनगर । राष्ट्रिय युवा संघले प्रदेश १ प्रदेश प्रमुखको कार्यालय जाने बाटो छेकेको छ । नयाँ मन्त्रीको शपथ ग्रहणका लागि जाने बाटो युवा संघले अवरूद्ध गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रीमण्डल विस्तार गर्दैछन् । नयाँ ८ मन्त्रीको शपथग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुँदैछ । शपथ ग्रहण गराउने तयारी भएपछि युवा संघले प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा अवरोध गरेको हो ।

प्रदेश १ का सातवटा मन्त्रालय विभाजन गरी १३ बनाएपछि एमालेले विरोध गर्दै आएको छ । आर्थिक भार बढाउने काम गरेका कारण सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय जाने बाटो छेकिएको युवा संघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीले बताए ।