जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन खुलेको छ।
सर्वसाधारणले शुक्रबारदेखि भौतिक उपस्थित भएर वा अनलाइनमार्फत आईपीओ भरिरहेका छन। सिडिएस एण्ड क्लिएरिङ्ग लिमिटेड (सडिएसी)का अनुसार शुक्रबारदेखि आवेदन खुल्ला भएको यो आईपीओमा आधा घण्टामा ८० हजारले आवेदन दिएका छन् । यो भनेको प्रतिमिनेट २६ सयभन्दा बढी हो । यो १०ः३० सम्मको तथ्यांक हो ।
लघुवित्तले ५ करोड २२ लाख रुपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो। जसमध्ये ०.५ प्रतिशत कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरी बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिनेछ।
४ लाख ८७ हजार ९ सय कित्ता १०(१० कित्ताका दरले अधिकतम ४८ हजार ७ सय ९० जनालाई मात्र पर्नेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल हो ।
