
राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको चन्द्रागिरिमा गए रातिदेखि परेको अविरल वर्षाका कारण हिमपात भएको छ । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेकोछ ।
पुसको दोस्रो साता उक्त स्थानमा पहिलोपटक र आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँमा खेल्न पुगेका थिए । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।
गएरातिदेखि परेको वर्षा र बाक्लो हिँउ परेका कारण विभिन्न ठाँउमा बाटो अवरुद्ध भएको छ । यस्तै विभिन्न ठाँउमा चछ्याङ समेत परेको छ । हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ ।
