कोरोना भाइरसकाकारण स्थगित भएको लोकसेवा आयोगको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

२० माघ २०७८, बिहीबार १५:३८

लोक सेवा आयोगको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ । मिति २०७८।९।२१ मा हुने भनिएको आयोगको परीक्षा कोरोना भाइरसकाकारण स्थगित भएको थियो ।

लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक र प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।