दुईदर्जन लघुवित्त कम्पनीकाे दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, कसले कति कमाए ?

१९ माघ २०७८, बुधबार १७:२२

दुईदर्जन लघुवित्त कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने २५ लघुवित्त कम्पनीमध्ये २१ लघुवित्तको मुनाफा बढेको छ भने चार कम्पनीको मुनाफा घटेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्ममा १२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६१.८७ प्रतिशतले धेरै हो । गत वर्ष यही अवधिमा लघुवित्तले ७ करोड ५१ लाख मुनाफा गरेको थियो ।

लक्ष्मी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ९ करोड २४ करोड रुपैयाँ मुनाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ४ लाख रुपैयाँ मुनाफा गरेको थियो।

आरम्भ चौतारी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ३५ लाख रुपैयाँ मुनाफा गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३०.२५ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्तले ६ करोड २४ लाख रुपैयाँ मुनाफा गरेको थियो ।

आशा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ८ करोड ८३ लाख रुपैयाँ मुनाफा गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २४.८१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ७ करोड १६ हजार रुपैयाँ मुनाफा गरेको थियो ।

सीवाइसी नेपाल लघुवित्तले  चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६०.०८५ ले खुद नाफा वृद्धि गरेको छ । पुस मसान्तसम्म ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यहि त्रैमासमा यसले ३ करोड ६३ लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो ।

आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा आरएसडीसी लघुवित्तको खुद नाफा ६.५६ प्रतिशतले घटेर ४ करोड ८९ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २३ लाख ५५ हजार रुपैयाँ मुनाफा गरेको थियो ।

डिप्रोक्स लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३३ करोड ४४ लाख रुपैयाँ मुनाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ४० लाख रुपैयाँ मुनाफा गरेको थियो।

ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २२.२५ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले १२ करोड ९ लाख मुनाफा गरेको थियो ।

फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३८.११ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ७ करोड ५६ लाख मुनाफा गरेको थियो ।

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १२८.२८ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ४ करोड २४ लाख मुनाफा गरेको थियो ।

स्वाभिमान  लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २१.६५ प्रतिशतले कम हो । गत वर्ष लघुवित्तले २ करोड ८० लाख मुनाफा गरेको थियो ।

साधना लघुवित्त  वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११५.९१ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ३ करोड ५० लाख मुनाफा गरेको थियो ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्त ४६ लाख ५५ हजार ऋणात्मक थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तको मुनाफा ऋणात्मकबाट धनात्मक हुन पुगेको छ ।

महिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५०.५० प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ५ करोड ४३ लाख मुनाफा गरेको थियो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४५ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०३.५८ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले २२ करोड ५० लाख मुनाफा गरेको थियो ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४९.२३ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ३ करोड ७२ लाख मुनाफा गरेको थियो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ करोड १ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३६.२४ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ६ करोड ६१ लाख मुनाफा गरेको थियो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २४ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८३.४३ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले १३ करोड ४१ लाख मुनाफा गरेको थियो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८९.४१ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले १४ करोड ७ लाख मुनाफा गरेको थियो ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५.५८ प्रतिशतले कम हो । गत वर्ष लघुवित्तले ७ करोड ७० लाख मुनाफा गरेको थियो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड २७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २७.३९ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ६ करोड ४९ लाख मुनाफा गरेको थियो ।

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ७५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३६.८७ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले २ करोड ७४ लाख मुनाफा गरेको थियो ।