नेकपा एमाले काठमाडौंको तीनै जिल्लाहरुको कमिटीले समय अवधिमै चुनाव गराउन माग

१७ माघ २०७८, सोमबार १७:३८

काठमाडौं । नेकपा एमाले काठमाडौंको तीनै जिल्लाहरुको कमिटी अध्यक्षहरुको आइतबार बसेको संयुक्त बैठकले तीनै तहको चुनाव समय अवधिमै चुनाव गराउन माग गरेका छन् ।

नेपालको संविधानले व्यवस्था गरको तीनै तहको सरकारको आवधिक निर्वाचनको व्यवस्था र स्थानीय तह निर्वाचन ऐन २०७३ मुताविक वि.सं.२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिनु अगाबै अर्थात् आउँदो वि.सं. २०७२ साल बैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात गर्दै यथाशाक्य छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न वर्तमान सरकारसँग जोडदार माग गर्दछौं,’ बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ।