
प्रभु बैंकको लिमिटेडको नाफा १६.९० प्रतिशतले घटेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा रकम घटेर १ अर्ब २६ करोड २ लाख १० हजार रूपैयाँमा सीमित हुन पुगेको हो । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रूपैयाँ नाफा कमाएको थियो ।
उक्त वित्तीय विवरण अनुसार चालू आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा ५३ करोड ६१ लाख ८७ हजार रूपैयाँ रहेको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा खुद नाफा पनि घटेको हो ।
बैंकले बोनस सेयरमार्फत चुक्ता पुँजी १२ प्रतिशतले वृद्धि गरी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रूपैयाँ पु-याएको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोषमा ४ अर्ब ८३ करोड ६ लाख ८२ हजार रूपैयाँ र रिटेन्ड अर्निङमा ७० करोड २२ लाख ६४ हजार रूपैयाँ सञ्चित गरेको छ ।
त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी १९ रूपैयाँ ८६ पैसा, मूल्य आम्दानी अनुपात १६.८७ गुणा र प्रतिसेयर नेटवर्थ १४३ रूपैयाँ ५४ पैसा रहेको छ ।
बैंकको खराब कर्जा अनुपात भने ४०.२९ प्रतिशतले घटेर २.०६ प्रतिशतबाट १.२३ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको आधार ब्याजदर ८.६८ प्रतिशत, स्प्रेड ब्याजदर ३.२७ प्रतिशत, कष्ट अफ फण्ड ६.१६ प्रतिशत र पुँजीकोष अनुपात १२.८९ प्रतिशत रहेको छ ।
