स्मृति पत्र सार्वजनिक गर्दै एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न आग्रह : भीम रावल

१७ माघ २०७८, सोमबार १६:१५

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपाध्यक्ष भीम रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न र नगराउन प्रधानमन्त्री, सभामुख लगायत सम्पूर्ण सरोकारवालाहरु समक्ष आग्रह गरेका छन् ।

माघ १७ गते नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुला स्मृति पत्र सार्वजनिक गर्दै एमसीसी सम्झौता राष्ट्र हितमा नरहेकाले संसदबाट अनुमोदन नगर्न र नगराउन ध्यानाकर्षण गराएका हुन् ।

उनले एमसीसी सम्झौता अनुमोदन नगरी राष्ट्रिय स्वाधीनता, हित र अस्मिताको दीर्घकालीन सुरक्षाका लागि सबैले पदीय जिम्मेवारी वहन गर्ने अपेक्षा राखेको पत्रमा उल्लेख गरेका छन् ।