नेविसंघमा आवद्ध विद्यार्थीले छिटो महाधिवेशन गर्न नेतालाई दबाब

१७ माघ २०७८, सोमबार १५:५८

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघमा आवद्ध विद्यार्थीले छिटो संघको महाधिवेशन गर्न पार्टी नेतालाई दबाब दिन लागेका छन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो संगठन नेविसंघको महाधिवेशन ढिलो भएको भन्दै दवाव दिन लागेका हुन् ।

नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन दवाव दिँदै पार्टीका केन्द्रिय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई अनुरोधपत्रसमेत बुझाएका छन । अभिभावकलाई पत्र भनेर बुझाएको सो अनुरोधपत्रमा तत्काल तदर्थ समिति गठन गरी नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरुसँग माग गरिएको पनि बताए ।