एमसिसी पारित नगरे देशलाई क्षति हुने : डा.बाबुराम भट्टराई

१७ माघ २०७८, सोमबार ०८:४६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी छिटो भन्दा छिटो पारित गर्न अपिल गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत भएका डा.भट्टराईले ट्वटरमा लेखेका छन् । “सम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊॅ ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घॉटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस् ! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् !”