२८ करोडको राजस्व छली मुद्दामा जेल परेका उमाशंकर २५ हजार धरौटीमा छुटे

१६ माघ २०७८, आईतवार १५:४५

राजस्व छली मुद्दामा धरौटी बुझाउन नसकेपछि जेल परेका उमाशंकर रायभार आइतबार रिहा भएका छन् ।

रायाभरलाई २०७७ फागुन १७ गते उच्च अदालत पाटनले ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न सकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।

तर, सर्वोच्चले उच्च अदालतको फैसलालाई शुक्रबार बदर गर्दै रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आइतबार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् ।

उनकाे नगिरकता प्रमाणपत्रकाे दुरूपयाेग गरी उनका नाममा विभिन्न कम्पनी खाेली त्यसबाट राजश्व छली भएकाे थियाे । साेही प्रकरणमा उनीमाथि २८ कराेड रूपियाँ राजश्व छली गरेकाे अभियाेमा मुद्दा चलाइएकाे थियाे ।