
काठमाडौं । माघ १७ गते सोमबार दिनको १ः०० बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ ।
निर्धारित मितिमा कारणवश बैठक बस्न नसक्ने भएपछि अर्को सूचना जारी नहुँदासम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित गरिएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
यसअघि, पनि माघ २ गते अर्को सूचना नआउन्जेल सम्मलाई बैठक स्थगित गरिएको थियो । माघ १३ गते सूचना जारी गर्दै माघ १७ गते बैठक बस्ने जानकारी गराइएको थियो ।
प्रकाशित उक्त सूचनामा लेखिएको “मिति २०७८ साल माघ १७ गते सोमबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,”
