
काठमाडौं । राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
आइतबार सहिद दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख तयार बनाउन आवश्यक भएको बताए हुन्।
सहिदस्तम्भ लैनचौरमा आयोजित कार्यक्रममा सहिदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी भएको भन्दै उनले यो विषयमा प्रसंसा योग्य कार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले सहिदहरूको योगदानलाई चिरस्थायी बनाउन सरकारले सहिदका परिवारलाई सहयोग गर्ने तथा सहिदहरूका बारेमा युवापुस्तालाई जागरुक बनाउनुपर्ने बताए ।
उनले सहिदहरूले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने आवश्यक रहेको भन्दै सहिदहरूको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति गराउन पर्ने बताए।
