प्रभासको फिल्म आदिपुरुष भारत सँगै जापानिज र चिनियाँ भाषामा समेत रिलिज हुने

१६ माघ २०७८, आईतवार १३:१४

काठमाडौं । साउथ इडियन अभिनेता प्रभासको फिल्म आदिपुरुष भारत सँगै जापानिज र चिनियाँ भाषामा समेत रिलिज हुने भएको छ। उनको फिल्म बाहुबली दर्शकको मन मस्तिष्कमा बस्न सफल फिल्म हो । उक्त फिल्मलाई दर्शकले अत्याधिक रुपमा रुचाएका थिए ।

आदिपुरुष पौराणिक कथामा आधारित फिल्म हो। उक्त फिल्म एकैसाथ २० हजारभन्दा बढि सिनेमाहलमा रिलिज गर्ने तयारी निर्माण पक्षले गरेको छ।
ओम राउतको निर्देशन रहेको फिल्ममा धेरै भिएफएक्स प्रयोग गरिएको जनाएको छ।

आदिपुरुषमा अभिनेता प्रभासलाई भगवान रामको अवतारको भुमिकामा देखाइएको छ । उक्त फिल्ममा अभिनेता अजय देवगानको पनि अभिनय रहेको छ ।

यसअघि एसएस राजामौली निर्देशित सुपरहिट फिल्म ‘बाहुबली २ लाई भारतमा धेरै भिएफएक्स प्रयोग भएको फिल्म मानिन्थ्यो। बाहुबली २ मा करिब २ हजार ५०० भिजुअल इफेक्ट्स समेटिएको थियो। तर ‘आदिपुरुष’मा भने त्यो भन्दा पनि बढी ८ हजार भिएफएक्स समेटिएको बताइएको छ।

५०० करोड लगानी रहेको फिल्म ११ अगष्ट २०२२ मा रिलिज हुने तय भएको छ। भारतका १५ भाषामा आदिपुरुष रिलिज हुनेछ। त्यसका अलावा केही विदेशी भाषामा समेत रिलिज गर्ने तयारी छ।