नेपालमा धुम्रपान गर्ने शैली फेरिदै, इ-सिग्रेटप्रति आकषर्ण बढ्दा ठूलो परिणाममा आयात !

१६ माघ २०७८, आईतवार ०८:२३

*धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ

नेपालमा धुम्रपान गर्ने शैली फेरिदै गएको छ । धुम्रपान स्वास्थ्यको लागी हानिकारक छ भन्ने थाहा हुदाँ हुदै पनि यसको सेवन गर्नेको संख्या कमि आएको छैन ।

पछिल्लो समय विद्युतीय सिग्रेटमाफर्त धुम्रपान गर्नेहरू झन् बढिरहेका छन् ।

विशेषगरी युवावर्गमाझ लोकप्रिय रहेको इ-सिग्रेट बोकेर हिँडन तथा बिना लाइटर प्रयोग गर्न सकिने हुँदा पनि युवाहरूले यसको प्रयोग गर्न थालेका हुन ।

यसले गर्दा नेपालमा विद्युतीय सिग्रेटको आयात समेत बढ्दै गएको छ ।

विलासिताको वस्तुका रूपमा चिनिने इ-सिग्रेट पछिल्ला ६ महिनाको अवधिमा इलेक्ट्रनिक सिग्रेटको आयात १ लाख ९१ हजार भन्दा बढी आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा १ लाख ९१ हजार १ सय १५ थान इलेक्ट्रोनिक सिग्रेट आयात भएको देखिएको छ । यसबापत ६९ लाख ४५ हजार भन्दाबढी रकम बाहिरिएको छ । यसमा सबैभन्दा बढील चीनबाट आयात भएका छन् ।

चीनबाट मात्रै १ लाख ५४ हजार इ-सिग्रेट भित्रिएका छन् । त्यस्तै दोस्रो धेरै आयात हङकङबाट भएको देखिन्छ । ३४ हजार ५ सय ७३ थान हङकङबाट भित्रिएका छन् ।

विद्युतीय चुरोट अर्थात् इ सिग्रेटलाइ बजारमा आएसँगै यसको प्रयोगकर्ताको संख्या बढ्दो रहेको यो तथ्याकले देखाउछ। यसका उत्पादक र प्रयोगकर्ता यसले स्वास्थ्यमा कुनै असर नगर्ने दाबी गर्छन ।

तर हालैको एक अनुसन्धानले यसको बारेमा पनि केही सनसनिपुर्ण खुलासा गरेको छ । कन्स बिस्वबिद्यालयले अमेरिकाको एक शहरमा इ सिग्रेट प्रयोग गर्ने ९६ हजार ४ सय ६७ व्यक्तिमा गरेको सर्बेक्षणले ई सिग्रेटको प्रयोग पनि घातक भएको देखाएको छ ।

अनुसन्धानले इ सिग्रेट प्रयोग गर्ने प्रयोगकर्तामा डिप्रेशनको सम्भावना दोब्बरले बढी हुने  र हृदयघातको सम्भावना ५६ प्रतिशतले बढी हुने देखाएको छ । इ सिग्रेटमा  सामान्य चुरोटमा भन्दा बढी केमिकल हुने पनि देखिएको छ । जसको कारण प्रयोगकर्ताको ब्लड प्रेसर सामान्य भन्दा ज्यादा बढ्छ । यसमा अनुसन्धानमा गरेका महिन्द्र बिद्यालयका अनुसार सिगरेटको प्रयोग थोरै गरे पनि हृदयघातको सम्भाबना उति नै हुन्छ ।

अनुसन्धानकर्ताले प्रयोगकर्तामा रहेको भ्रम चिर्न अनुसन्धान गरेको बताएका छन् । अनुसन्धानकर्ताहरूले इ सिग्रेटले फैलाएको गलत प्रचारको बिरुद्धमा चेतना फैलाएर यसलाई रोक्नुपर्ने सुझाव पनि दिएका छन् ।