वाणिज्य बैंकहरुले ४ खर्ब बढि लगानी गर्दा सवा १ खर्ब निक्षेप संकलन गरे

१५ माघ २०७८, शनिबार १८:२९

वाणिज्य बैंकहरुले ४ खर्ब बढि लगानी विस्तार गर्दा सवा १ खर्ब निक्षेप संकलन गरेका छन् ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा  प्रतिशतको हिसाबमा ग्लोबल आइएमई बैंकले सबै भन्दा बढी निक्षेप संकलन गरेको छ भने सनराइज बैंकले सबै भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकहरुले १ खर्ब २२ अर्ब ९५ करोड रुपैयाँले निक्षेप बढाएका छन् । उनीहरुको निक्षेप बढेर ४३ खर्ब २४ अर्ब ३४ करोड पुगेको छ ।

जसमध्ये आर्थिक बर्षको पहिलो ६ महिनामा बढी निक्षेप संकलन गर्नेमा सनराइज बैंक सबैभन्दा अगाडी रहेको छ । सनराइज बैंकले २१ अर्ब ४४ करोड निक्षेप संकलन गर्दा क्रमश: नेपाल बैंकले १९ अर्ब ७९ करोड, हिमालयन बैंकले १८ अर्ब ४८ करोड, एनएमबि बैकले १६ अर्ब ३२ करोड र एनसिसि बैंकले १५ अर्ब ३२ करोड निक्षेप संकलन गरेको छ ।

त्यस्तै आर्थिक बर्षको पहिलो ६ महिनामा २७ वटा कमर्शियल बैंकहरुले ४ खर्ब २२ अर्ब ७० करोड रुपैयाँले कर्जा विस्तार गरेका छन्। जसमध्ये सबै भन्दा बढी कर्जा विस्तार गर्नेमा ग्लोबल आइएमई बैंक अगाडी रहेको छ ।

ग्लोबल आइएमई बैंकले २८ अर्ब ७० करोड कर्जा बिस्तार गरेको छ भने ग्लोबल आइएमई बैंकलाई नेपाल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र सनराइज बैंकले पछ्याएका छन् ।

नेपाल बैंकले २७ अर्ब ९६ करोड कर्जा विस्तार गर्दा हिमालयन बैंकले २६ अर्ब २८ करोड कर्जा विस्तार गरेको छ। त्यस्तै चौथो स्थानमा रहेको कृषि विकास बैंकले २३ अर्ब ७२ करोड कर्जा विस्तार गरेको छ ।