काठमाडौं । सामाजिक सञ्जालको दुरपयोग गर्दै कसैको जीवन माथि खेलवाड गर्न भनेको महा अपराधीक कार्य हो । सामाजिक सञ्जालको प्रयोग गरेर ब्ल्याकमेल, आइडि ह्याक र अन्य अपराधीक कार्यले मानव जीवनमा नराम्रो असर पर्न भएको हुँदा सबै सचेत हुन जरुरी छ ।
यस्तै अपराधीक कार्य गरेको भन्दै विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा विदेशमा फरार रहेका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट पक्राउ गरेका छन् । प्रहरीले कास्कीको रूपा गाउँपालिका ७ सिस्नेरीका ३१ वर्षीय मुक्तिनाथ खनाललाई पक्राउ गरेको हो । उनलाई विदेशबाट नेपाल फर्केपछि प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।
खनालले वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत एक महिलालाई साथी बनाउन अनुरोध पठाएका थिए । ती महिलाले अनुरोध स्वीकार गरेपछि म्यासेन्जरमा कुराकानी गर्ने क्रममा उनले नग्न तस्बिर र भिडियो बनाएर सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिँदै ब्ल्याकमेल गरेका प्रहरीले जनाएको छ ।
