काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा छलफल भएको समेत प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी गराए । उनका अनुसार यी विषयमा छलफल भएपनि सहमतिबारे भने जानकारी नभएको बताएका छन् ।
प्रचण्डको सचिवलायका अनुसार भेटमा राष्ट्रियसभा निर्वाचनको समीक्षा भएको छ । त्यस्तै स्थानीय तह निर्वाचनका विषयमा पनि छलफल भएको बताइएको छ ।
