भारतको बिहार प्रदेशमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु

१३ माघ २०७८, बिहीबार १४:२४

काठमाडौं । भारतको बिहार प्रदेशमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ । यसैगरी चार जनाको अवस्था गम्भीर रहेको छ । चारैजनाको अस्पतालमा उपचार भइरहेको छ ।

यो घटना बक्सर जिल्लाको अन्सारी गाउँको हो । बक्सरका प्रहरी उपरीक्षक नीरजकुमार सिंहले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

गत वर्ष पनि बिहारको गोपालगञ्ज, बेतिया र सिवानमा नक्कली मदिरा सेवनबाट ५० भन्दा बढीको मृत्यु भएको थियो ।