
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना भएको छ ।
हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जनाएको छ । संक्रमण पुष्टि भएपछि मन्त्री बडु अहिले आइसोलेसनमा बसेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि कोरोना संक्रमण भएपछि अहिले उनी आफ्नै निवास आइसोलेसनमा बसेका छन् ।
